ताजा समाचार

मुलुक गम्भीर बिरामी अवस्थामा छ : कांग्रेस नेता डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक गम्भीर बिरामी अवस्थामा रहेको बताउनु भएको छ । प्रतिनिधिसभा बैठकमा आइतबार दिउँसो बोल्दै उहाँले उद्यम गर्नेहरु हतास मनस्थितिमा देखिएको,कर तिर्नेहरु निराश रहेको,व्यापारिक सहरहरु उजाड देखिएको भन्दै मुलुक गम्भीर बिरामी भएको जनाउनु भयो ।

‘मैले कर तिर्ने वर्ग निराश भएको पाएँ,यहीँ उद्यम गरेर टिक्न खोज्नेहरु हतास मनस्थितिमा रहनु हाम्रो राष्ट्र सिकिस्त बिरामी भएको अवस्था हो’,उहाँले भन्नुभयो , ‘सबैको व्यापार घटेको छ । व्यापार घटेपछि उद्योगको उत्पादन घट्नु सामान्य हो । व्यापारिक सहर उजाड हुँदैछन् । भर्खरै प्राप्त जनगणनाअनुसार काम गर्ने उमेरका एक तिहाइ नेपाली केही पनि आर्थिक उपार्जन गर्दैनन् । योभन्दा भयावह परिस्थिति के हुन सक्ला ।’

संघीयताप्रति वितृष्णा चुलिँदो रहेको भन्दै नेता कोइरालाले यो राजनीतिक असफलताको पहिलो खुट्किलो भएको प्रष्ट पार्नु भयो। उहाँले अब ढिलो नगरी नागरिकको चाहनाअनुसार संसद,सरकार र प्रतिपक्षी दलहरु एक ठाउँमा उभिनुपर्ने धारणा राख्नु भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org