ताजा समाचार

खप्तड गोल्डकप : फ्रेन्ड्सलाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

धनगढी । थ्री स्टार क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा छैठौं संस्करणअन्तर्गत आइतबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै थ्री स्टार सेमिफाइनलमा पुग्न सफल भएको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारका लागि ५९ औं मिनेटमा दिपेश गुरुङले गोल गर्दै जित दिलाएका हुन् । खेलको म्यान अफ दी म्याच दिपेश गुरुङ घोषित भए।

थ्री स्टारले अब सेमिफाइनलमा सुदूरपश्चिम–११ र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ । मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org