ताजा समाचार

देशका केही पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं । देशमा हाल स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहेको छ।

देशका पहाडी भू-भागमा दिउँसो आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना  छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा राती आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

आगामी २४ घण्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना  छ । मेघगर्जन,चट्याङ्ग तथा हावा–हुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org