ताजा समाचार

बलात्कारसम्बन्धी कानुनमा लैंगिक तटस्थता अपनाउनु पर्छ भन्दै सर्वोच्चमा निवेदन

काठमाडौं । ‘चक्रवर्ती हवी एजुकेशन एकेडेमी, कलेज अफ ल’ मा तेस्रो  वर्षमा अध्ययनरत कानुनका विद्यार्थी राम रतन सिंह र बिकास गुप्ताले बलात्कारसम्बन्धी कानुनमा लैंगिक तटस्थता अपनाउन माग गर्दै सर्वोच्च अदालत (संवैधानिक इजलास) मा निवेदन पत्र पेस गर्दै रिट दर्ता गराएका छन्।

मुलुकी फौजदारी संहिता, २०७४ को दफा २१९ ले महिलालाइ मात्रै बलात्कार पीडित मान्ने र न्याय खोज्न पाउन सक्ने, पुरुष पीडित नै हुन नसक्ने र पीडित भएमा न्याय पाउने बाटो नै नहुने व्यवस्था परिवर्तन गरी बलात्कारसम्बन्धी कानुनमा लैंगिक तटस्थता अपनाउन सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । जुन व्यवस्थाले संविधानमा उल्लेखित समानताको हकविरुद्ध जानुका साथै पीडित पुरुषलाई न्यायको हकबाट पनि वञ्चित गर्दछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org