ताजा समाचार

चैती छठ धुमधामका साथ मनाइँदै

काठमाडौं । चैती छठ पर्व सूर्यको आराधना गरी उपत्यका र तराईका विभिन्न क्षेत्रमा मनाइँदैछ । चैत शुक्ल चतुर्दशीका दिनदेखि सुरु भई सप्तमीसम्म यो पर्व  मनाइने गरिन्छ । श्रद्धा र निष्ठाका साथ बर्तालु व्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्षोल्लासका साथ मनाइने गर्दछन् । चैत महिनामा गरिने हुनाले यसलाई चैती छठ भनिन्छ ।

तराई र छिमेकी देश भारतमा मात्र मनाउने गरिएको छठ पर्व अहिले मानिसको बसाइँसराइले गर्दा राजधानीलगायत पहाडी जिल्लामा समेत मनाउने गरिन्छ । विशेष गरी चैती छठ तराई जिल्लामा धुमधामसँग मनाइन्छ । सूर्य उपासना गरी मनाइने छठअर्थात् दिनकर दिनानाथ, छइठ छैठ, छठी, आदि नामले जानिने पर्व उपत्यकामा यस वर्ष पनि पोखरी, नदी र घरमा हर्षोल्लासका साथ मनाउन लागिएको छ । चैत शुक्ल पक्ष षष्ठीको दिन छठी माईको पूजाअर्चना गरी पुत्र, पति र परिवारको सुख–शान्तिको कामना गर्ने गरिन्छ । विशेष गरी निसन्तान हुने र छाला रोगीले छठ पूजामाथि बढी अस्था राखेको हुन्छ ।

यस छठ पर्वको अवसरमा पञ्चमी दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई गहुँको सादा पुरी प्रसादका रूपमा आफू खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ । छठपर्वका कारण पारविरिक तथा समाजिक सद्भाव कायम ह’न टेवा प’ग्ने गरेको छ । साहित्यकार तथा संस्कृतविद्य विनित ठाकुरका अनुसार प्राचीनकालदेखि नै छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org