ताजा समाचार

मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

काठमाडाैं । मकवानपुरको वाग्मती गाउँपालिका वडा नम्बर–८ साततले राजबास पुलमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

हेटौंडा–फापरबारी सडकखण्डमा फापरबारीबाट हेटौंडातर्फ जाँदै गरेको बा २५ प १९०८ नम्बरको मोटरसाइकलले पैदल यात्री बकैया गाउँपालिका वडा नम्बर–८ खजुरीदमार बस्ने ५० वर्षीय दिलबहादुर स्याङ्तानलाई ठक्कर दिँदा उहाँको ज्यान गएको हो ।

आज बिहान ४ बजेको समयमा मोटरसाइकलको ठक्करबाट घाइते भएका स्याङतानलाई हेटौंडा अस्पतालमा उपचारका लागि ल्याएपछि डाक्टरले आज बिहान मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक फरार रहे पनि मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org