श्रीलंकामा पेट्रोलकाे मूल्य प्रतिलिटर ६० र डिजलकाे ८० रुपैयाँले घट्याे
काठमाडाैं । श्रीलङ्कामा आर्थिक स्थिति सुधारउन्मुख भएसँगै इन्धनको मूल्य घटेको छ । ऊर्जामन्त्री कञ्चना विजेसेकराले आज मध्यरातदेखि लागू हुने गरी इन्धनको मूल्य ८ देखि २६ प्रतिशतसम्मले घटाइएको बताउनुभएको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर ६०, डिजेलमा ८० र मट्टीतेलमा १० रुपैयाँले घट्नेछ । अब उपभोक्ताले एक लिटर पेट्रोल ३ सय ४०, डिजेल ३ सय २५ र मट्टीतेल २ सय ९५ रुपैयाँमा पाउने छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले ऋण स्वीकृत गरेसँगै इन्धन आपूर्तिकर्ताबाट प्रतिस्पर्धी मूल्य प्राप्त भएकाले सरकारले इन्धनको मूल्य घटाउने निर्णय गरेको ऊर्जामन्त्री विजेसेकराले बताउनुभएको छ । साथै अमेरिकी डलरको तुलनामा श्रीलङ्काली रुपैयाँ पनि सुदृढ हुँदै गएको छ ।
गएको वर्ष श्रीलङ्कामा इन्धनको मूल्य दुई सय प्रतिशतले बढेको थियो । खाद्यान्न, औषधि र इन्धनको चरम अभावले सडक आन्दोलन चर्किएपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षेले देश छोड्न र राजीनामा दिनुपरेको थियो ।
Comments
अरु समाचार
-
नेप्सेमा ३८ दशमलव ८३ अङ्कको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३८ दशमलव ८३ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव...
-
मेलम्चीको पानी काठमाडौं पठाइयो
काठमाडौं । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौं पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको...
-
झापामा १०२ मिटरब्याज पीडितद्वारा उजुरी
काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) बाट पीडित एक सय दुई जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन् । गत...
-
यी कार्यालय खारेजी, पुनःसंरचना र हस्तान्तरण गर्ने सरकारको तयारी
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा सरकारी बोर्ड, कार्यालय, समिति तथा एकाइलाई खारेज गर्ने, पाँचवटालाई पुनःसंरचना...
-
प्रदेश र स्थानीय तहले कति पाए बजेट ? (पूर्णपाठ)
कठमाडौं । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ अर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको...
-
बजेटका १९ नारा, सरकारले गर्ला त कार्यान्वयन ?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको ९२०८०र८१० को बजेट संसदमा पेश गरेको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले सोमबार संघीय...
-
ओलीलाई बजेट मन परेन, समाधान नदिने प्रतिक्रिया
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान नदिने बताउनु भएको छ । सोमबार बजेट...
-
यसरी छुट्याइयो प्रत्येक मन्त्रालयमा बजेट (सूचीसहित)
काठमाडौं । समग्र बजेटको आकार घटेसँगै केही मन्त्रालयमा पनि घटाइएको छ । केहीमा भने बढाइएको छ। सरकारले शहरी विकास मन्त्रालयमा...
-
४२ अर्बले घटाइयो बजेट, यसरी गरियो थपघट
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन गर्नु...