ताजा समाचार

सुद्धीकरण चलाउँदै गर्दा पत्रकारकै गाडीमा भेटियो लागुऔषध

काठमाडौं । नेपाल पत्रकार महासंघले आफ्नो केन्द्रीय समिति बैठक र राष्ट्रिय मिडिया सम्मेलनले सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउने प्रस्तावलाई सर्वसहमतिबाट पारित गर्दै घोषणापत्र जारी गरेको भोलिपल्ट पर्सा प्रहरीले प्रेस लेखेको गाडीबाट ठुलो मात्रामा लागुऔषध बरामद गरेको छ ।

पर्सा इनर्वा प्रहरी चौकिबाट खटेको प्रहरी टोलीले परीक्षणको क्रममा वीरगञ्ज स्थित रजनजयन्ती चोकबाट उक्त गाडी सहित एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीले ‘टी मिडिया प्रा.लि द्वारा सञ्चालित ‘निगरानी अनलाइन डटम’ को गाडीबाट ठुलो मात्रामा लागूऔषध बरामद गर्नुका साथै चालकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौंडा उप-महानगरपालिका-४ निवासी गोपाल स्याङ्गतान रहेका छन् । बा ७ च ४६४२ नम्बरको प्रेस लेखेको सेन्ट्रो कारमा भारतीय सिमावर्ती सहर रक्सौलबाट लागुऔषध लोडगरी ल्याइरहेको अवस्थामा प्रहरीले चालक र गाडीलाई नियन्त्रमा लिएको हो ।

भारतबाट वीरगञ्जतर्फ आइरहेको अवस्थामा चेकजाँचको क्रममा लागुऔषध सहित चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए । गाडीबाट २४० थान नाईट्रोभेट ट्याब्लेट, १०० एमएलको १९८ बोत्तल ओनेरेक्स र नेपाली ६५ हजार रुपैयाँ नगद सहित स्याङ्गतानलाई नियन्त्रणमा लिइएको नायव प्रहरी उपरिक्षक बुढाथोकीले बताए ।

सिमावर्ती भारतीय शहर रक्सौलबाट नेपाल आएको गाडीमाथि शङ्का लागेर प्रहरीले रोकी रितपूर्वक परीक्षण गर्दा लागूऔषध र नगद बरामद भएको प्रनाउ बुढाथोकीको भनाई छ। स्याङ्गतानको साथबाट निगरानी अनलाइनद्वारा जारी गरिएको प्रेस कार्ड पनि बरामद भएको छ ।

लागूऔषध र नगद सहित स्याङ्गतानलाई नियन्त्रणमा लिएर उनिमाथि लागूऔषध सम्बन्धि मुद्दा दर्ता गरि अदालतबाट म्याद थप गर्ने प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ‘निगरानी अनलाइन डटकम’ हेटौंडा मूख्य कार्यकाल भई ‘टी मिडिया नेटवर्क प्रा.लि.’ द्वारा सञ्चालित छ। मिडियाका अध्यक्ष आदर्श सिंह थोकर छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org