ताजा समाचार

कुलेखानी–फाखेल सडकखण्ड तीन हप्ताका लागि बन्द

काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड मर्मतको काम भइरहेकाले बन्द गरिएको छ ।

सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेकाले आजदेखि तीन हप्तासम्म सो मार्ग हुँदै चल्ने साना तथा ठूला सवारीसाधनका लागि यातायात सेवा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो मार्ग हुँदै चल्ने सवारीसाधन भीमफेदी–मार्खु–चित्लाङ हुँदै काठमाडौँ जाने आउने गरिरहेको प्रहरीले जनाएको छ ।

कुलेखानी–फाखेल मार्ग बन्द रहेकाले सो क्षेत्र हुँदै यात्रा नगर्न सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org