ताजा समाचार

एमाले भोजपुरले सुरु गर्यो डिजिटल अभियान 

भोजपुर । नेकपा एमालेले भोजपुरमा ‘डिजिटल सदस्यता’ अभियान सुरु गरेको  छ । अभियानअन्तर्गत जिल्लाका ९ वटै पालिकाका ३ देखि ५ जनालाई तालिम प्रदान गरिएको छ । नयाँ सदस्यता वितरण, नवीकरण र अद्यावधिक गर्न यही चैत २५, २६ र २७ गते वडास्तरमा शिविर चलाइने एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले सञ्चारमाध्यमलाई जानकारी दिनु भयो ।

तालिमप्राप्त पालिकाका प्रतिनिधिहरूले जिल्लाका ८१ वटै वडामा पुगेर शिविर चलाउने राईले बताउनु भयो । उहाँका अनुसार पार्टीको एप र सफ्टवेयर अनुसार जिल्लाका सबै सदस्यहरूको तथ्यांक डिजिटलाइज हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org