ताजा समाचार

सेयर बजार ओरालो लाग्दै, बिहीबार ८ अंकले घट्यो

काठमाडौं । बुधबार सामान्य बढेको सेयर  बजार आज बिहीबार फेरि घटेको छ । सेयर बजार परिसूचक नेप्से आज ८ दशमलव २८ अंकले घटेर १ हजार ८ सय ६६ दशमलव ७९ विन्दुमा झरेको छ ।

बैंक र निर्जीवन बीमा समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । दुई सय ६९ वटा कम्पनीका २८ लाख ७० हजार कित्ता शेयर ९२ करोड ६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ४ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै साम्लिङ पावर कम्पनीको शेयर साढे सात प्रतिशत तथा खप्तड लघुवित्त र आदर्श लघुवित्तको शेयर झन्डै ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सबैभन्दा धेरै कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org