ताजा समाचार

रुकुमपूर्वमा दुई दिदीबहिनी मृत फेला

रुकुमपूर्व । रुकुमपूर्वमा दुई दिदीबहिनीको शव फेला परेको छ । जिल्लाका्े पुथाउत्तरगंगा गाउँपालिका–३ रन्मामा दुई दिदीबहिनी मृत फेला परेका हुन् । बुधबार साँझ सिस्नो टिप्न निस्केका उनीहरु आज बिहान मृत फेला परेका जनाइएको छ ।

स्थानीय तारामान बुढाका दुई छोरी ११ वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगर मृत फेला परेका गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले  सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org