ताजा समाचार

कोसी र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । देशमा हाल स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव छ । अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भागमा मौसम सामान्यतः सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोसी र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का-क्षणिक वर्षाको सम्भावना छ ।

आज राति कोसी प्रदेशका साथै देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतः सफा रहने विभागको बुलेटिनमा उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org