ताजा समाचार

आगलागीमा परेर एक जनाको मृत्यु

काठमाडाैं । गुल्मीमा गएराति आगलागी हुँदा एक जना वृद्धको मृत्यु भएको छ । आगलागीमा परेर  मदाने गाउँपालिका वडानम्बर–६ देउराली निवासी ८३ वर्षीय ज्ञानबहादुर जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले बताए ।

जिसीको घरमा गएराति करिब १० बजे आगलागी भएको थियो । आगलागीबाट ढुंगा माटोले बनेको घर जलेर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

घरमा लागेको आगो नियन्त्रणका लागि प्रहरी निरीक्षक घिमिरेसहित १४ जनाको टोली घटनास्थल गएको थियो । आगलागीको कारण खुलेको छैन ।

यसैगरी गुल्मीको छत्रकोट गाउँपालिका-३ थुमडाम बस्ने डोलराम भण्डारीको घरमा बिहीबार दिउँसो आगलागी हुँदा ४७ हजार रुपैयाँ नगद, ४ तोला बराबरको सुनका गहना, अन्नपात, लत्ताकपडा, काठपात लगायतका सामान जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org