ताजा समाचार

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भागमा वर्षा

काठमाडौं । देशमा हाल स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशको पहाडी भू-भागमा पनि वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भू-भागमा राति भने आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ। सोमबार पनि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org