ताजा समाचार

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन २८.३१ अंकले घटेको बजार १८३८.४८ विन्दुमा आएको हो ।

आइतबार कारोबार रकम भने १ अर्ब नाघेको छ । २६८ धितोपत्रको २९ हजार २३९ वटा कारोबारबाट ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँको कारोबार भएको छ ।

आज कालिञ्चोक दर्शन लिमिटेडको मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेर ३४२.९० रुपैयाँ पुगेको छ । सानिमा ग्रोथ फण्डको ६.४६ रुपैयाँले मूल्य बढेको छ ।

माछापुच्छ्रे डिभेन्चरको सबैभन्दा धेरै ७.७५ प्रतिशतले मूल्य घटेको छ । कुमारी धनवृद्धि योजना, माया खोला हाइड्रोसहितका धितोपत्रको समेत मूल्य धेरैले घटेको हो । नविल बैंक, शिवम् सिमेन्ट, एचडीएल, ग्लोबल बैंकसहितका धितोपत्रको धेरै कारोबार भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org