ताजा समाचार

न्यायाधीश भुवन गिरी वैवाहिक बलात्कार आरोपमा पक्राउ

काठमाडौं । वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी प्रहरी फन्दामा परेका छन् । पत्नी आरती गिरी रावलले दिएको वैवाहिक बलात्कारको जाहेरीको आधारमा उनी पक्राउ परेका हुन् । उनलाई मंगलबार सामाखुसीबाट प्रहरीले पक्राउ गरेको हो ।

कपिलवस्तु जिल्ला अदालतले दिएको अनुमतिका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । गत साता अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । विवादमा परेपछि उनलाई न्यायपरिषद्मा तानिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org