सयौँ विमान खरिदसँगै भारतीय उड्डयन सेवा स्वर्णिम युगमा प्रवेश
काठमाडौं । नयाँ विमानथलहरूको सञ्चालन, विमान कम्पनीहरूबाट एकैपटक सयौँ विमान खरिदको ‘अर्डर’, लाखौँ यात्रीको भारतीय विमानस्थलबाट दैनिक आगमन एवम् प्रस्थानसँगै उड्डयन उद्योगको विस्तार, बढ्दो विश्वसनीयता र प्रतिष्ठाले भारतीय उड्डयन सेवा स्वर्णिम युगमा प्रवेश गरेको छ ।
नयाँ विमानस्थलहरू द्रुत गतिमा उद्घाटन भइरहेका छन्भने एयरलाइन्सहरूले सयँौंको सङ्ख्यामा विमानहरू अर्डर गरिरहेका छन् । नागरिक उड्डयनक क्षेत्रमा भएको यो विस्तारले भारत विश्वकै अग्रणी उड्डयन केन्द्र बन्न तयार भएको देखाएको छ जसले देशको गौरव र गरिमालाई पनि बढाएको छ ।
कुनै देशको हवाई यात्रुको मात्रा र चापलाई त्यसको अर्थतन्त्रको स्वास्थ्यको अनौपचारिक मापनका साथै त्यो देशका नागरिकको क्रयशक्तिको प्रतिबिम्बको रूपमा लिन सकिन्छ । धेरैभन्दा धेरै यात्रीको पहिलो रोजाइ विमान बनिदिँदा त्यो देशको बलियो अर्थव्यवस्थालाई सङ्केत गर्छ । भारतको सुदृढ आर्थिक आधार र नीतिका कारण यो सम्भव भएको हो । बिस्तारै उठेको उड्डयन क्षेत्रले अहिले गतिमात्र लिएको छैन उच्चतम उचाइमा उडान गरिरहेको छ ।
देशको उड्डयन क्षेत्रमा अचानका भएको वृद्धि र यात्रीको चापलाई दृष्टिगत गरी टाटा सन्सको नेतृत्वमा एयर इन्डियाले गत महिना चार सय ७० वटा बोइङ र एयरबस विमान खरिदका ऐतिहासिक सम्झौता गर्नुले भारत अब उड्डयनको स्वर्ण युगतर्फ उन्मुख भएको देखाउँछ । झण्डै एक सय अर्ब अमेरिकी डलरको यो सम्झौतामा आर्थिक उन्नयनको दिशामा उकालोतिर लम्केको भारतलाई देखाएको छ भने विश्वभरका यात्रीका आवश्यकता पूरा गर्ने बृहत् विमानका विस्तृत शृङ्खलालाई समावेश गरेको छ । बोइङ र एयरस्पेससँगको ती सम्झौताले भारतको आर्थिक विकासलाई सुपरिचत गराएको छ किनकी यसअघि विश्व नागरिक उड्डयनको क्षेत्रमा यति ठूला सम्झौता भएका थिएनन् ।
एयर इन्डिया र बोइङबीच भएका सम्झौतालाई अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइस अमेरिकी अर्थतन्त्र र आफ्नो देशका कामदारका लागि मात्र नभई भारतका जनताका लागि पनि अवसर भएको बताउँछन् । अमेरिका र भारतबीच साझा हित र मूल्यमा आधारित सुदृढ आर्थिक सम्बन्धलाई एयर इन्डिया र बोइङबीचको सम्झौताले अझ सबल एवम् सुदृढ बनाएको उनी बताउँछन् ।
भारत हवाई सेवाको उदीयमान बजारमा विस्तारै रुपान्तरण भइरहेको छ । यसलाई सबैले आशावादी भएर हेरेका छन् । कोरोना महामारीपछि पनि केही सुस्ताएको उड्डयन बजार पुनः गतिशील भएको छ । गतवर्षदेखि गति लिएको उड्डयन क्षेत्रमा अघिल्लो वर्षको तुलनामा सन् २०२० र २०२१ को तुलानामा गत वर्ष ४३ प्रतिशत अर्थात् १२ करोड ३० लाखले हवाई यात्रा गरेका थिए । बजार तथा उपभोक्ता तथ्याङ्क विशेषज्ञ ‘स्ट्याटिस्टा’ ले आर्थिक वर्ष २०२२ मा भारतीय विमानस्थलबाट २२ करोड अन्तर्राष्ट्रिय यात्री आफ्ना गन्तव्यमा गएका अभिलेख राखेको छ ।
भारतमा करिब चारसय विमानस्थल र एयर स्ट्रिप छन् । तीमध्ये सन् २०२२ को अन्त्यमा सञ्चालनमा आएका हुन् । भारतीय उड्डयन क्षेत्रले सामान्य रूपमा भारतीय आर्थिक वृद्धिसँग समानान्तर हुने प्रक्षेपण गरिएको छ । जुन आगामी एक दशकमा प्रमुख विश्व अर्थतन्त्रहरूमध्ये सबैभन्दा द्रुत गतिमा बढ्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि हालै संसालाई नै पछि पार्दै भारत दिगो आर्थिक विकासको मार्गमा अघि बढ्ने प्रक्षेपण गरको छ ।
हवाई भाडा घटाउने, बजेट एयरलाइन्सको फ्लीटमा द्रुत विस्तार र भारतमा लगातार बढ्दो मध्यम आय समूहजस्ता सरकारका सक्रिय उपायहरूले भारतीय उड्डयन क्षेत्रको सफलतामा ठूलो योगदान गरेको छ । उदार उड्डयन नीतिका कारण भारत विश्वको सबैभन्दा सस्तो हवाई बजारको पनि बनेको छ । खाडी राष्ट्रका विमान कम्पनीले जमाएको प्रभुत्व भारतीय वायु सेवाले चुनौती दिने विशेषज्ञहरूको ठम्म्याइ छ । उनीहरूका अनुसार भारतीय विमान अब विश्वव्यापी रूपमा सबैभन्दा मनपर्ने वाहक बन्न सक्छन् ।
हरेक दिन एक हजार आठ सय उडान गर्ने सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी इन्डिगोले पनि आफ्नो फ्लीटमा नयाँ विमान ल्याउने तयारी गरेको छ । पाँच सभभन्दा बढी विमान आपूर्तिको अर्डर दिइएको छ जुन चाँडै इन्डिगो फ्लीटमा सामेल हुनेछन् । इन्डिगोले आफ्नो सेवालाई अझ विस्तार गर्न हाल सञ्चालमा रहेका बाहेक थप पाँच सय वटा विमान खरिद गर्न लागेको जानकारी इन्डिगोको इन्टरनेशनलका बजार प्रमुख विनय मल्होत्रा बताउँछन् । दैनिक एक हजार आठसय उडानमध्ये दश प्रतिशत अन्तर्राष्ट्रिय रुटमा हुने गरेका बताउँदै उनले ती भारतीय उपमहाद्वीप र वरपरका केही देश बाहेक टर्कीएको इस्तानबुलसम्म सेवा भइरहेको जनाएका छन् ।
ग्लोबल एभिएशन एडभाइजरी एण्ड रिसर्च अर्गनाइजेशनले गरेको भारतीय उड्डयन प्रवृत्तिको विश्लेषणमा अन्तर्राष्ट्रिय हवाई यात्रुको मात्रामा तीव्र गतिमा वृद्धि हुने देखिएको छ । उक्त सङ्गठनले सन् २०२९÷३० मा ११ करोड ५० लाखदेखि १२ करोड ५० लाखसम्म पुग्ने अनुमान गरेको छ । घरेलु बजार पनि निकट भविष्यमा धेरै गुणा यात्री बढ्ने प्रक्षेपण गरिएको छ । सरकारको ‘उडे देशका आम नागरिक योजना’ ले भारतका मध्यम वर्गलाई हवाई यातायातमा आकर्षित गर्न र हवाई यात्री ठूलो योगदान गरेको छ, जुन केही हदसम्म सफल पनि भएको छ ।
गोवामा ग्रेनफिल्ड अन्तर्राष्ट्रिय विमानस्थलको हालै उद्घाटन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भारत विश्वको तेस्रो ठूलो हवाई बजार बनेको उल्लेख गर्दै ‘उडे देशका आम नागरिक’ योजनाले मध्यम वर्गको उडानको सपनालाई कसरी पूरा गरेको अध्ययनको विषय भएको बताउनुभयो । भारतीय एयरपोर्ट्स अथोरिटी अफ इन्डियाले एक दशकभन्दा कम अवधिमा दर्जनौं एयरपोर्ट आन्तरिक हवाई सेवा सञ्जालमा थपेको छ भने निर्माणाधीन विमानस्थललाई निर्धारित समयमै पूरा गर्न अहोरात्र काम गरिरहेको छ । आन्तरिक विमानस्थलको वृद्धिसँगै आन्तरिक हवाई यात्रीको सङ्ख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ ।
निकट भविष्यमा विश्वस्तरका विशाल विमानस्थल बनाउने लक्ष्यका साथ भारत अघि बढेको छ । वार्षिक एक करोड २० लाख यात्रीलाई सेवा प्रदान गर्ने गरी आगामी वर्षभित्र नोएडा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने अपेक्षा गरिएको भारतीय विमानस्थल प्राधिकरणका अध्यक्ष सञ्जीव कुमारले बताएका छन् । भारतको उड्डयन उद्योग सारा विश्वका लागि आशाको किरण बनेको उल्लेख गर्दै उनले विमानस्थल र विमानको सङ्ख्या बढेसँगै भारत उड्डयन स्वर्णिम युगतर्फ अग्रसर भएको बताएका छन् ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...