ताजा समाचार

पहाडी भागका केही स्थानमा हल्का र क्षणिक वर्षाको सम्भावना

काठमाडौं । देशमा हाल स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यत: सफा रहेको छ। दिउँसो देशका पहाडी भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ । बाँकी भागमा आंशिक बदलीदेखी सामान्यत: मौसम सफा रहने  छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू, बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना  छ । साथै उपत्यका लगायत देशका धेरै भू–भागहरुमा तुवाँलोको संभावना रहेको छ । देशका पहाडी भागमा राति आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यत: सफा रहने विभागले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org