ताजा समाचार

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि स्थिर रहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org