ताजा समाचार

राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभाको आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज हपराह्न २ः३१ बजे बस्ने गरी निर्धारण गरिएको सो बैठक विशेष कारणवश स्थगित गरिएको हो ।

बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्ने गरी राष्ट्रियसभाका अध्यक्षले निर्धारण गर्नुहुने संसद्का महासचिव डा.भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org