ताजा समाचार

प्रतितोला तीन सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यसअघि मंगलबार स्थिर रहेको सुन बुधबार तीन सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ।

यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एल लाख १० हजार र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर १४ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org