ताजा समाचार

आज आमाको मुख हेर्ने दिन

काठमाडौं । आज वैशाख कृष्णऔंसी अर्थात मातातीर्थ औंसी मनाइँदैछ । आजको दिनलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ । आजको दिन आमाको दर्शन गरी मीठो खान लाउन दिई, आमालाई मनपर्ने मिष्ठान्न, लुगाफाटो लगायत उपहारद्वारा सम्मान र कृतज्ञता अर्पण गर्ने सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी यो पर्व मनाइदै आएको छ । आजको दिनमा मातातीर्थ सम्झना गरिन्छ ।

सनातन धर्मले मातापिताको दैनिक दर्शन, पूजन, सेवा, भोजन आदि गराउन अनादिकाल देखि नै सिकाउँदै आएको छ । तर सबै सन्ततिलाई दैनिक रूपमा मातापिताको समिप रहन र उनीको सेवासुश्रूषा गर्न सम्भव नहुने भएकाले त्यही पवित्र कर्मको वार्षिक उत्सवको रूपमा मातातीर्थ औंशी तथा वैशाख कृष्ण औँशीलाई लिइएको हो।

त्रेतायुगमा दशरथपुत्र मर्यादा पुरुषोत्तम श्रीराम वनवास कालमा लक्ष्मण र सीताका साथमा घुम्दै हालको मातातीर्थको स्थलमा पुगे । तर, भगवान राम भन्ने थाहा नपाएर अपरिचित ब्यक्ति सम्झदै स्थानीयले उनीहरु माथी आक्रमण गर्न सुरु गरे । त्यसपछि श्रीराम र स्थानीयका बीचमा घमसान युद्ध भयो । सो घमसान युद्धमा दुवै पक्ष थकित र भोक–प्यासले आकुलब्याकुल भए । माता सीता पनि प्यासले आकुल ब्याकुल भइन ।

माता सिता पानि प्याँसले आकुल ब्याकुल भए पछि भगवान रामले वरिपरि पानीको खोजी गरे कतै पनि पिउनका लागि पानी भेटिएन । पानी कतै पनि नभेटिएपछि भगवान् श्रीरामले गंगा मातालाई पुकार्न थाले । ‘माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै जब श्रीरामले माता गंगालाई पुर्कादै जमिनमा बाण प्रहार गरे, छेउमै पानीको कुण्ड बन्यो । उक्त कुण्डमा पानी उघाउन जाँदा सीताजीले सारा ब्रह्माण्डको दर्शन पाइन । कुण्डको जलमा उनको छाया पर्नासाथ भित्रको ढुंगामा उनको मूर्ति समेत कुँदिन पुग्यो । यसरी साक्षात् गंगा मातालाई आह्वान गरी भगवान् श्रीरामले उत्पत्ति गरेको पवित्र कुण्डलाई मातातीर्थ भनिन थालिएको धार्मिक मान्यता छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org