ताजा समाचार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्रीबीच लगानीका क्षेत्रबारे छलफल

काठमाडौं । रुसको औपचारिक भ्रमणमा रहनु भएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसका उपप्रधानमन्त्री डिएन चेर्नुस्सेन्कोबीच मस्कोमा शिष्टाचार भेट भएको छ । अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्री चेर्नुस्सेन्कोबीच भएको भेटमा आपसी समझदारी र लगानीका क्षेत्रहरुका बारेमा छलफल भयो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालमा उर्जा, पर्यटन, ब्यापार क्षेत्रमा लागनी अभिबृद्धि र यातयात क्षेत्रको पुर्वाधार बिकासमा सहकार्यका पर्याप्त सम्भावना रहेको उल्लेख गर्नु भयो । यस्तै नेपालमा राजनैतिक स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्दै गएकोले पुर्वाधार र उर्जा क्षेत्रमा रुसी लगानी भित्रने बिश्वास ब्यक्त गर्नुभयो ।

यसैगरी अध्यक्ष तिमिल्सिना र रुसी महासंघका सहायक परराष्ट्र मन्त्री एवाई रुदेन्कोबीच पनि भेटघाट भएको छ । रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोको निमन्त्रणमा तिमिल्सिना नेतृत्वको नेपालको ८ संसदीय प्रतिनिधि मण्डल रुस भ्रमणमा रहेको छ ।

संसदीय प्रतिनिधि मण्डलमा राष्ट्रिय सभाकासदस्यहरू वामदेव गौतम, रमेशजङ्ग रायमाझी, दिलकुमारी रावल थापा ’पार्वती’, महेश कुमार महरा र शेखर कुमार सिंह रहनुभएको छ । आजै राष्ट्रियसभा र फेडेरेसन काउन्सिलबीच अन्तर–संसदीय सहयोगलाई प्रवर्द्धन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org