ताजा समाचार

क्रिकेटमा नेपालको शानदार जित, ओमनलाई ८४ रनले हरायो

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपमा नेपालले ओमनविरुछ शानदार जित हासिल गरेको छ । नेपालले ओमनलाई ८४ रनले हराएको हो ।

शुक्रबार त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको तीन सय ११ रनको विशाल लक्ष्य पछ्याएको ओमानले ४६ ओभर ३ बलमा दुई सय २६ रनमात्र बनाउन सकेपछि नेपालको जित सुनिश्चित भएको हो ।

४६.३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन् र नेपाल विजयी भयो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मदतमा कीर्तिमानी ३१० रन बनाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org