ताजा समाचार

चिनियाँ चिकित्सकले नेपाली पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने

काठमाडौं । चिनियाँ चिकित्सकहरुको टोलीले नेपाली पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात आगामी मे १ तारिख बैशाख १८ गते काठमाडौंमा निःशुल्क स्वास्थ्य परीक्षणको कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।

चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलमा कार्यरत चिनियाँ चिकित्सकको टोलीले बिहान ९ बजेदेखि १२ बजेसम्म ठमेलस्थित होटल भियनामा स्वास्थ्य परीक्षणका सबैजसो काम गर्ने भएको छ ।

चीनबाट उक्त अस्पतालमा कार्यरत १४ औं मेडिकल टोलीले आवश्यकताअनुसार गर्ने स्वास्थ्य परीक्षणमा पेटको अल्ट्रासाउण्ड, इसीजी,नाडी र बीपी,सुगरलगायत परीक्षण गर्ने भएको छ । त्यसैगरी पत्रकारहरुले पाचनक्रिया,मूत्र प्रणाली, स्त्रीरोग, स्तन,आँखा, स्नायु, हड्डी, मुटु, क्यान्सरलगायतका रोगसँग सम्बन्धित चिकित्सकीय सल्लाह लिन सक्ने भएका छन् ।

इच्छुक पत्रकारहरुले बैशाख १८ गते बिहान ९ बजे खाली पेटमा भियना होटल पुग्नुपर्ने छ । थप जानकारीको निम्ति चिनियाँ नागरिक मिङ युसँग मोबाइल नम्बर ९८१६२४८०३० मा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org