ताजा समाचार

सेयर बजारमा लगानीकर्ताको सक्रियता घट्दै

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएपनि कारोबार रकम भने घट्दै गएको छ । बजारमा बिक्री चाप नभएपनि लगानीकर्ता विश्वस्त भएर सक्रिय नबन्दा कारोबार रकम घट्दै गएको लगानीकर्ताहरु बताउँछन् ।

राष्ट्र बैंकले ब्याजदर घटाउन निर्णय गरेपनि लगानीकर्तासँग लगानी गर्ने स्रोतको सहज उपलब्धता नहुँदा अझै पनि बजारमा ट्रेड गर्ने लगानीकर्ता प्रवेश गरेका छैनन् । तर, लगानी होल्ड गरिरहेका लगानीकर्ताले भने बजार बढ्ने आशमा बिक्री चाप नल्याउँदा बजारमा कारोबार रकम घट्दै गएको छ ।

सोमबार नेप्सेमा उतारचढावका बीच २।७१ अंकले वृद्धि भएर १८८८।३२ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०।०१ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १।८५ प्रतिशत, लगानी उपसूचक ०।१२ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०।२२ प्रतिशतले गिरावट भएको छ । लघुवित्त, विकास बैंक, हाइड्रोपावर, जीवन बीमा लगायतका अधिकांश उपसूचक वृद्धि हुँदा नेप्सेमा सामान्य वृद्धि भएको छ ।

नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकममा भने गिरावट भएको छ । करिब ८३ करोडको कारोबार भएको बजारमा सोमबार कारोबार रकम घटेर ७५ करोड १३ लाखमा सीमित भएको छ । कालिञ्चोक दर्शन लिमिटेडको सर्वाधिक करिब ८ करोड ८२ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको करिब ३ करोड र नबिल बैंकको २ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।

सोमबार नेप्सेमा कुल २२० सूचीकृत कम्पनीको सेयर करोबार भएकोमा १२० कम्पनीको सेयरमूल्य बढेको छ भने ८५ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै १५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org