ताजा समाचार

चितवन २ मा रवि लामिछाने भारी मतान्तरले विजयी

काठमाडौं । चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी हुनु भएको छ । लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी हुनु भएको हो । लामिछानेका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत ल्याउनु भयो । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ ।

यस्तै एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत ल्याउनु भयो । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याउनु भएको थियो । लामिछानेले यसअघि गत मंसिर ४ गते ४९ हजार ३०० मत ल्याउनु भएको थियो ।

नागरिकता विवादका कारण उहाँको सांसद पद गुमेपछि उपनिर्वाचन भएको थियो । यस उपनिर्वाचनमा पनि लामिछानेले भारी मतअन्तरले जित दोहोर्याउनु भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org