ताजा समाचार

कालिदमारमा ट्र्याक्टर दुर्घटना : तीन जनाको मृत्यु , दुई घाइते

काठमाडौं । मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरि–३ स्थित कालिदमार भन्ने स्थानमा गए राति मधेस प्रदेश ०३–००१ त ७१८८ नं को ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

दुर्घटनामा मनहरि–३ का २० वर्षीय प्रवीण प्रजा, सोही स्थानका २४ वर्षीय राजकुमार प्रजा र ट्र्याक्टर चालक ३० वर्षीय वीरमान रुम्बाको मृत्यु भएको प्रवक्ता कार्कीले बताउनुभयो । उहाँका अनुसार दुर्घटनामा मनहरी–३ का अमृत प्रजा र जोखलाल प्रजा घाइते भएका छन् । घाइतेको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org