ताजा समाचार

वार्षिकोत्सवका अवसरमा नि:शुल्क क्लिनिक तथा स्वास्थ्य सचेतना कार्यक्रम

काठमाडौं । चीनको वैदेशिक सहायता चिकित्सा कार्य, चिनियाँ चिकित्सक टोलीको १४औँ ब्याच ‘पहिलो चिनियाँ र नेपाली बालबालिका’ को ६० औं वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम यिङहुआ कलेजमा सम्पन्न भएको हो ।

कार्यक्रमको अवसरमा निःशुल्क क्लिनिक आयोजना हुनाका साथै स्वास्थ्य ज्ञानका सम्बन्धमा प्रकाश पारिएको थियो । कार्यक्रममा चिनियाँ चिकित्सा टोलीको १४ औं ब्याच कप्तान चिया सियाओपेङ र चिकित्सा टोलीका सबै सदस्यहरूलाई धन्यवाद दिइयो ।

सक्रियताका लागि सुपर कन्फ्युसियस एकेडेमी, कन्फ्युसियस क्लास रुम एलआर आइ स्कुल र हान्सोल स्कूलका शिक्षक र विद्याथीलाई धन्यवाद दिइएको छ । यस्तै, अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना भन्दै यिङहुवा कलेजका सम्पूर्ण शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई धन्यवाद दिइएको छ ।

शिक्षक र विद्यार्थीको शारीरिक परीक्षण मात्रै होइन, विद्यालयलाई ह्यान्ड सेनिटाइजर, टेबलटेनिस, रोप स्किपिङ, क्रिकेट र अन्य खेलकुदका सामाग्री समेत प्रदान गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org