भगौडा थुनुवा पक्राउ
काठमाडौं । उपचारका क्रममा प्रहरीको आँखा छली भागेको थुनुवालाई करिब एक महिनापछि प्रहरीले फेला परेको छ । महोत्तरी कारागारका थुनुवा कृष्णकुमार यादव गत चैत २४ गते बिरामी भई उपचारका लागि जनकपुर लगिएका बेला चिकित्सकको क्लिनिकबाटै भागेका थिए ।
सोमबार जलेश्वर नगरपालिका–३ स्थित भारतीय सीमावर्ती बस्ती मलिबारामा लुकीछिपी हिँडडुल गरिरहेका बेला यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो ।
जिल्लाकै लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढीका स्थायी बासिन्दा यादव महोत्तरी जिल्ला अदालतको आदेशमा पूर्पक्ष थुनाका क्रममा महोत्तरी कारागारका थिए । जनकपुरधाम उपमहानगरपालिका–७ का १६ वर्षीय अजय भन्ने अर्जुन साहलाई २०७९ साउन २३ गते अपहरण गरेर घाँटी थिची हत्या गरेको यादवमाथि अभियोग छ । यादवउपर अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान, चोरी र आपराधिक षड्यन्त्र समेतको मुद्दा महोत्तरी जिल्ला अदालतमा विचाराधीन छ । यसै मुद्दामा अदालतले २०७९ भदौ २६ गते यादवलाई पुर्पक्ष थुनामा राख्न आदेश गरेपछि उनी कारागारका थुनुवा रहँदै आएका हुन् ।
भगौडा यादव पक्राउ परेपछि उनीविरुद्ध कैदी,थुनुवा भागे,भगाएको थप कसुरमा कारागार ऐन, २०७९ बमोजिम कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यसका लागि सोमबार नै अदालतमा उपस्थित गराई म्याद लिई अनुसन्धान थालिएको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो ।
Comments
अरु समाचार
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...