ताजा समाचार

मिटरब्याजका समस्या समाधान गर्ने कानुनको अन्तिम तयारीमा सरकार

काठमाडौं । मिटरब्याजका समस्यालाई समाधान गर्ने कानुनको अन्तिम तयारीमा सरकार जुटेको छ । यसैक्रममा सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ । मङ्गलवार सिंहदरवारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिसमक्ष मिटरब्याज पीडितको समस्या समाधान गर्न त्यससँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश पठाउने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपतिसमक्ष नै पठाउने निर्णय भएको बताउनुभयो । मन्त्री शर्माले बैठकमा नेपाल ऐनलगायत केही ऐन संशोधन गर्ने विषयको बारेमा पनि छलफल भएको बताउनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org