ताजा समाचार

प्रतितोला एक हजार दुई सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा खरिद बिक्री भएको थियो । बिहीबार १ हजार २०० रुपैयाँले सुनको भाउ बढेको हो ।

महासंघका अनुसार बिहीबार तेजावी सुनको प्रतितोला मूल्य १ लाख ११ हजार २५० रूपैयाँ तोकिएको छ । बिहीबार चाँदीको मूल्य २० रुपैयाँले वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४४५ रुपैयाँ तोकिएको छ । बुधबार चाँदीको प्रतितोला मूल्य १ हजार ४२५ रुपैयाँ तोकिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org