ताजा समाचार

संखुवासभा हेलिकोप्टर दुर्घटना (अपडेट) : एक जनाको मृत्यु

खाँदबारी । संखुवासभाको भोटखोला ४ मा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ ।

मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आउएका थिए । दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को-पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते भएका छन् ।

आज दिउँसो भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org