ताजा समाचार

प्रतितोला तीन सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं ।आज पनि सुनको भाउ  तोलामा तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक लाख ११ हजार २ सय रुपैयाँ पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार हिजाे साेमबार पनि तोलामा तीन सय रुपैयाँले नै बढेर एक लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने आज पनि स्थिर छ । गएको बिहीवारदेखि चाँदी तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org