ताजा समाचार

नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकाको मृत्यु , २५ बेपत्ता

नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी सोकोतो राज्यस्थित एक नदीमा डुङ्गा पल्टिँदा १५ जना बालबालिकाको डुबेर मृत्यु भएको एक स्थानीय अधिकारीले बुधबार एएफपीलाई जानकारी दिएका छन् । घटनामा अन्य २५ जना बेपत्ता भएको बताइएको छ ।

शागारी जिल्लाका राजनीतिक प्रशासक अलियु अबुबकरले ती बालबालिका मङ्गलबार शागारी नदीको पारिपट्टिको झाडीमा दाउरा टिप्न जाँदै गर्दा डुङ्गा पल्टिएको जानकारी दिए ।

‘१३ बालिका र दुई बालकगरी १५ जनाको शव स्थानीय उद्धार टोलीले निकालेको छ र गाउँमा पुरिएको छ,’ उद्धार कार्यको अनुगमन गरिरहेका अबुबकरले भन्नुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org