होटलमा ग्राहकको छुरा हानेर हत्या
काठमाडौं । धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ । बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई निबुवा बोटेस्थित ‘सानदार होटल’का सञ्चालक २८ वर्षीय नीरज पण्डितले छुरा प्रहार गरी हत्या गरेका हुन् । आरोपितलाई रातिनै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मजित थिङले जानकारी दिनुभयो ।
खाजा खाएपछि होटल सञ्चालकसित पैसा तिर्नेबेला भनाभन भएको बताइएको छ । खाजा खाएको पैसा तिरेपछि बाँकी रकम फिर्ता लिनेक्रममा दुवै पक्षबीच झगडा भएको प्रहरीले जनाएको छ । घटनापछि पण्डित फारर भएका थिए । घाइते थापामगरको उपचारका क्रममा काठमाडौँको नर्भिक अस्पतालमा मृत्यु भएको हो । प्रहरीले पण्डित, उनकी आमा सरस्वतीसहित छ जनालाई पक्राउ गरेको छ । “घटनाबारे अनुसन्धान भइरहेको छ”, प्रहरी निरीक्षक थिङले भन्नुभयो । घटनापछि स्थानीयवासीले गल्छी–त्रिशूली सडकखण्ड गए रातिदेखि नै बन्द गराएका छन् ।
Comments
अरु समाचार
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...
-
सिरहामा हतियारधारी समूहले लुट्यो रु १५ लाख
काठमाडौं । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक...
-
बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं । बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा...
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...