ताजा समाचार

यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

काठमाडौं । कृषिविज्ञ एवम् शुभद्रा मदन (शुभम) फाउन्डेशनका सञ्चालक मदन राईलाई प्रहरीले पक्राउ गरेको छ । खोटाङमा रहेको फाउन्डेशनमा बस्दै आएका छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।

एक जना पीडित पनि प्रहरीको सम्पर्कमा आएको र अहिले सोधपुछ तथा राईमाथि अनुसन्धान भइरहेको मुकारुङले बताउनुभयो । वैकल्पिक शिक्षाको नारासहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ सोल्मामा राईले फाउन्डेशन सञ्चालन गर्नुभएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org