नक्कली भुटानी शरणार्थी प्रकरण: निष्पक्ष छानविन गर्न माग गर्दै प्रदर्शन
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आज पनि देशभर प्रदर्शन हुने भएको छ। सत्तारुढ गठबन्धनमा रहेका दलदेखि प्रतिपक्षी दलसम्मले सडक र सदनमार्फत यस प्रकरणमा खुट्टा नकमाउन सरकारलाई दबाब दिँदै आएका छन् । त्यति मात्र होइन बृहत् नागरिक आन्दोलन तथा विभिन्न संघ(संस्थाले भ्रष्टाचार विरुद्ध हाल विभिन्न अभियान चलाइरहेका छन्।
‘भ्रष्टाचारविरुद्ध एक हौँ’ भन्ने अभियानले दिउँसो काठमाडौं, भैरहवा, पोखरा, सिन्धुलीलगायतका स्थानमा प्रदर्शन गर्न लागेको हो । काठमाडौंको नक्साल नारायणचौरमा दिउँसो साढे १२ बजे प्रदर्शन गर्ने तयारी छ। प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टीगत रूपमा नभई सचेत नागरिकका रूपमा सहभागी हुन लाग्नु भएको छ ।
उहाँले रास्वपाका समर्थकलाई पनि पार्टीको झण्डा नबोकी कार्यक्रममा सहभागी हुन आग्रह गर्नु भएको छ । प्रदर्शनकारीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न नेताहरूलाई कारबाही गर्न माग गरिरहेका छन्।
Comments
अरु समाचार
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...
-
प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ सुरु
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ। अख्तियार...
-
बालिका हत्यामा छिमेकीको हात, ३ महिना पछि खुल्याे रहस्य
काठमाडौं । मोरङको लेटाङ नगरपालिकाकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा मुख्य आरोपी पदम अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...












