ताजा समाचार

बागलुङका पत्रकारद्वय खत्री र बोहोरा पुरस्कृत

काठमाडौं । प्रेस सेन्टर नेपाल बागलुङ शाखाले आफ्नो १५औँ वार्षिक साधारणसभाका अवसरमा शनिबार जिल्लाका दुई क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको छ । शाखामा स्थापित ‘भक्त–जगत्कुमारी स्मृति पुरस्कार’ सामुदायिक रेडियो गलकोटका स्टेशन प्रमुख जीवनखला खत्री ‘सरिता’ र ‘श्याम–चन्द्रकली स्मृति पुरस्कार’ ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहोरालाई प्रदान गरिएको हो ।

सेन्टरका केन्द्रीय महासचिव सन्तोष पौडेल र जिल्ला शाखाका अध्यक्ष थम्मन थापाले पत्रकारद्वयलाई नगदसहित दोसल्ला र पुरस्कारको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । दुवै पुरस्काको राशि रु १० हजार रहेको छ । गलकोट–७ मल्म निवासी हर्क थापा र विकास खड्का ‘सुन्दर’ले आफ्ना दिवङ्गत बुवाआमा भक्तबहादुर÷जगकुमारी र श्यामबहादुर चन्द्रकलीको स्मृतिमा पुरस्कार कोष स्थापना गर्नुभएको थियो ।

विसं २०७८ कात्तिकमा भएको सेन्टरको पाँचौँ जिल्ला सम्मेलनमा घोषणा भएका दुवै पुरस्कार पहिलोपटक पत्रकार खत्री र बोहोरालाई समर्पण गरिएको हो । सेन्टरले निष्पक्ष, व्यावसाियक र खोजमूलक पत्रकारिता गरिरहेकामध्ये उत्कृष्ट दुई जनालाई बर्सेनि पुरस्कृत गर्ने जिल्ला शाखाका अध्यक्ष थम्मन थापाले जानकारी दिनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org