मुख्यमन्त्री पाण्डेद्वारा उदय रिघाबुद्ध विहारको उद्घाटन
काठमाडौं । गलकोट नगरपालिका–११ रिघामा अवस्थित उदय रिघाबुद्ध विहारको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले उद्घाटन गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेले सो गुम्बा पर्यटकीय क्षेत्र भएकाले यसको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले यस गुम्बाको स्थानीय मिलेर संरक्षण र प्रवद्र्धन गर्नुपर्ने उल्लेख गर्दै प्रदेशको आगामी बजेटमा शिक्षा, स्वास्थ्य, कृषि उत्पादन र बजारिकरणमा जनताले बुझ्ने तरिकाले योजना अगाडि ल्याइने बताउनुभयो ।
त्यस्तै मुख्यमन्त्री पाण्डेले खाडीमा कमाउन जानेलाई गाउँमै रमाउने कार्यक्रम ल्याउने र लिफ्टिङमार्फत् खानेपानी योजना सञ्चालन गर्नुपर्ने क्षेत्रमा प्रदेश सरकारले निःशुल्क विद्युत्को व्यवस्था गर्ने घोषणासमेत गर्नुभयो । उक्त गुम्बाको सङ्घ सरकार, प्रदेश सरकार, स्थानीय सरकार र वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका नेपालीको सहयोगमा सङ्कलित रु ८० लाख रकमबाट निर्माण गरिएको हो ।
कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्रबहादुर थापाले रिघालाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा भिक्षु महासङ्घका केन्द्रिय सदस्य भान्ते निराङ्करले सो उदय रिघाबुद्ध विहार भिक्षुलाई हस्तान्तरण गर्नुभएको थियो । गुम्बा निर्माण समितिका अध्यक्ष शेरबहादुर घर्तीको पहलमा १२ वर्षअघि शिलान्यास गरिएको गुम्बा निर्माणले सार्थकता पाएको हो ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री दाहाल दिल्लीमा, राज्यमन्त्री लेखीले गरिन् स्वागत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। प्रधानमन्त्री दाहाललाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतकी...
-
नागरिकता विधेयकप्रति एमालेको आलोचना
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले निष्क्रिय अवस्थामा रहेको नागरिकतासम्बन्धी विधेयक संसदीय विधि र प्रक्रिया उल्लङ्घन गरी जारी गरिएको...
-
नेप्सेमा ३८ दशमलव ८३ अङ्कको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३८ दशमलव ८३ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव...
-
सुनैसुनले ढाकिएको फोटो राख्दै ट्रोल गरिएकोमा ओलीको गुनासो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफ्नो सुनैसुनले ढाकिएको फोटो राख्दै ट्रोल गरिएकोमा गुनासो पोख्नु भएको...
-
६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने महानगरको चेतावनी
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले महानगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्य संस्थाले विपन्न एवं लक्षित वर्गले पाउनुपर्ने सुविधा नदिएको भन्दै...
-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिल्ली पुगे
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो चार दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । बुधबार दिउँसो...
-
नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहितविरुद्ध : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण गर्नु लोकतान्त्रिक संसदीय मूल्य मान्यता र राष्ट्रहितविरूद्ध रहेको टिप्पणी...
-
मेलम्चीको पानी काठमाडौं पठाइयो
काठमाडौं । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौं पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको...
-
धेरै प्रयासपछि म फेसबूक ह्याकरबाट मुक्त भएँ : बालकृष्ण बस्नेत
काठमाडौं । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले लामो पहलपछि फेसबूक ह्याकरबाट मुक्त भएको जनाउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा...