नेप्से बढ्ने क्रम साताको चौथो कारोबार दिन पनि कायमै
काठमाडौं । नेप्सेको उकालो यात्राले साताको चौथो कारोबार दिन पनि निरन्तरता पाएको छ । अघिल्लो दिन तीन दशमलव ३१ अंकले बढेको नेप्से आज बुधबार पुनस् २३ दशमलव ३९ अंकले बढेर १८ सय ५४ दशमलव एक अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार अंकले बढेर तीन सय ५२ दशमलव ९४ अंकमा चढेको छ । नेप्सेमा आज दुई सय ६६ वटा कम्पनीहरुको २५ हजार छ सय ३४ पटकको कारोबारमा २५ लाख ७७ हजार दुई सय १० कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ८५ करोड ७६ लाख २४ हजार तीन सय १८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा १३ वटै समूहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक आठ दशमलव ६५ अंकले बढेर १२ सय नौ दशमलव १२ अंकमा पुगेको छ भने विकास बैंक समूहको सूचक पनि ५४ दशमलव ९३ अंकले बढेर तीन हजार चार सय २० दशमलव ३१ अंकमा पुगेको छ । फाइनान्स समूहको सूचक पनि ३४ दशमलव ५६ अंकले बढेर १५ सय ५२ दशमलव २३ अंकमा पुगेकोमा जलविद्युत समूहको सूचक पनि ४९ दशमलव २८ अंंकले बढेर २२ सय ९८ दशमलव ७१ अंकमा पुगेको छ ।
यसैगरी जीवन बिमा समूहको सुचक पनि ९३ दशमलव ३७ अंकले बढेर नौं हजार दुई सय ९६ दशमलव २३ अंकमा चढेकोमा निर्जिवन बिमा समूहको सूचक पनि एक सय ७१ दशमलव २३ अंकले बढेर आठ हजार छ सय १४ दशमलव ३१ अंकमा पुगेको छ । यि बाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि बढेका छन् ।
नेप्सेमा आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर नौ सय ३३ रुपैंयाँ ४० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा माईखोला हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य सात दशमलव ९३ प्रतिशतले घटेर दुई सय ७७ रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको भने आज चार सय तीन रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा पाँच करोड ४४ लाख ५६ हजार नौ सय ३५ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
Comments
अरु समाचार
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












