हात्ती प्रजनन् केन्द्रमा ४१ हात्ती जन्मिए
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेको हात्ती प्रजनन् केन्द्र खोरसोरमा ४१ वटा हात्ती जन्मिएका छन् । विसं २०४४ मा प्रजनन् केन्द्र स्थापना भएयता ती हात्ती जन्मिएका हुन् । विसं २००६ देखिका हात्तीहरु अहिले खोरसोरमा रहेका छन् ।
खोरसोरमा रहेका ५५ वटा हात्तीमध्ये पाँच वटा विदेशबाट ल्याइएका हुन् भने अन्य नेपालमा नै जन्मिएका हात्ती रहेका हुन् । राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार भारतबाट ल्याइएका चार वटा र थाइल्याण्डबाट ल्याइएको एउटा हात्ती अहिले खोरसोरमा रहेका छन् । नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट दुई, सर्लाहीबाट चार र कोशीटपुबाट तीन हात्ती ल्याइएको उहाँले बताउनुभयो ।
निकुञ्जमा विसं २०४४ मा हात्ती प्रजनन् केन्द्र खोरसोर स्थापना भएको हो । त्यसभन्दा अघि देखिका हात्ती अहिले खोरसोरमा रहेको उहाँले बताउनुभयो । निकुञ्जको खोरसोरमा रहेका हात्तीमध्ये अहिले चार वटा बृद्धावस्थाका रहेका छन् भने अन्य एक वर्षदेखि माथिका रहेका छन् । तत्कालीन समयमा राजपरिवार सिकार खेल्न आउँदा प्रयोग गरिएका हात्ती निकुञ्जमा रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “खोरसोर स्थापना हुनुअघि राजपरिवार सिकार खेल्न आउँदा प्रयोग गरिने हात्ती छन् ।” यहाँ रहेका हात्तीमध्ये ३२ भाले र २३ पोथी हुन् । निकुञ्ज सुरक्षार्थ हात्तीको प्रयोग गर्ने गरिन्छ । जीप जान नसक्ने ठाउँमा हात्तीमा चढेर गस्ती गर्ने गरिन्छ ।
Comments
अरु समाचार
-
दुर्लभ कीर्तिमानी कायम गदै पूर्जा, ८ हजार मिटरभन्दा अग्ला १३ हिमाल बिना अक्सिजन आरोहण
काठमाडौं । पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ कीर्तिमानी कायम गदै आएका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले ८ हजार मिटरभन्दा अग्ला संसारका...
-
काठमाडौंमा अन्तर्राष्ट्रिय पर्यटन मेला आजदेखि सुरु
काठमाडौं । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला सुरु भएको छ । आज...
-
बन्दीपुर केवलकार व्यावसायिकरुपमा सञ्चालन
काठमाडौं । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा...
-
चिनियाँ पर्यटक भित्र्याउन छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम
काठमाडौं । चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्यले चीनको सिचुवान प्रान्तको राजधानी छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको छ । नेपालका होटल...
-
अन्नपूर्ण–धवलागिरि पदमार्गको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण
काठमाडौं । म्याग्दीको अन्नपूूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेको अन्नपूर्ण–धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत डाँडाकटेरीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ...
-
बेइजिङमा पर्यटन प्रवर्द्धन कार्यक्रम
काठमाडौं । चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासले नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) सँगको सहकार्यमा बेइजिङमा पर्यटन...
-
जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा
काठमाडौं । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ । म्याग्दी,...
-
एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक
काठमाडौं । सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको...
-
लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना
काठमाडौं । राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाको स्मृति ‘ग्यालरी’ स्थापना गरिएको छ । उनको जीवनकालका...