ताजा समाचार

बस दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौं । दाङमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगञ्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस आज बिहान लमही नगरपालिका–३ फल्कापुरमा एकापसमा ठोक्किएका हुन् ।

मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी–७ की ४२ वर्षीया शोभा परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिनुभयो । बाराबाट इँटाभट्टामा काम गरी रोल्पा फर्किँदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो । बसका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी मृतक शोभाका दुई छोरा पनि घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि बुटवल, भैरहवा र नेपालगञ्ज पठाइएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org