ताजा समाचार

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ८ सय रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा एक लाख १० हजार रुपैयाँ पुगेको छ । सुन अस्ति तोलाको एक लाख ९ हजार दुई सय रुपैयाँ थियो ।

यस्तै, दुई दिनसम्म स्थिर रहेको चाँदीको भाउ आज भने बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org