ताजा समाचार

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

 

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको बताएको छ। महासंघले सोमबारको मूल्यसूची तय गर्दै सुनको मूल्य स्थिर रहेको बताएको हो ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । आइतबार पनि यही मूल्यमा सुन कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै, सोमबार चाँदीको मूल्य भने घटेको छ । महासंघले सोमबार चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम भएको जनाएको छ । आइतबार यसको मूल्य तोलामा १३ सय ८५ रुपैयाँ कायम थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org