ताजा समाचार

आजको राशिफल : २०८० साल जेठ ११ गते बिहीवार

मेष राशी : आजको दिन दण्ड तथा जरिवाना हुनसक्छ, कुनै पनि अनाबश्यक बिबादमा परिएला, धैर्यले काम लिनुहोला, टाउको वा अनुहारमा समस्या आउन सक्छ बोल्दा होसियार रहनुहोला।

वृष राशी:  मनमा शान्ति तथा अनुहारमा कान्ति छाउला, शारीरिक रुपमा बलवान भइएला, इज्जत मान तथा प्रतिष्ठामा वृद्धि होला, आजको दिन तपाइको वाहवाही हुनेछ ।

मिथुन राशी :  साबधानी अपनाउनुहोला, पुरानो कुरा फेरी दोहोरिन सक्ला, मनमा आजको दिन खिन्नता छाउनेछ, इस्टमित्र तथा आफन्तजनबाट सहयोग मिल्नेछ।

कर्कट राशी : तपाइको  पराक्रम सबैले देख्नेछन, सुनचादी तथा रत्नको प्राप्ति होला, तपाइको सुन्दरताको बयान चारैतिरबाट हुनेछ, बैदेसिक यात्राको अवसर पनि आउन सक्नेछ ।

सिंह राशी:  घरजग्गा तथा साधन बाहनमा वृद्धि हुनेछ, आमाको सल्लाहले नया कामको थालनी हुनसक्छ, पशुचौपायाबाट फाइदा होला, आजको दिन उन्नति प्रगति हुने समय छ ।

कन्या राशी : आजको दिन पाचन शक्ति कमजोर हुने हुदा पेटमा समस्या आउन सक्छ, राजनीति तथा नोकरीमा लाभ होला ।

तुला राशी : आजको दिन अनाबश्यक कार्यमा खर्च होला, तपाइको खुट्टा तान्नेहरुको कमि हुनेछैन, कामबासना बढ्नाले लज्जित हुनुपर्ला, आफ्नो बिबेकले काम लिनुहोला ।

वृश्चिक राशी : प्रेम बढ्ने समय छ, प्रेमप्रेमिका बीच रमाइलो भेटघाट हुनेछ, कुनैपनि नया साझेदारी व्यवसाय शुरु गर्दा राम्रो हुनेछ।

धनु राशी : गुप्तरोगले सताउला, खुट्टा तथा हातमा चोटपटक लाग्नसक्छ, आजको दिन बैदेसिक यात्रा नगरेको राम्रो, भुतप्रेत प्रभाव हुनसक्छ।

मकर राशी : आजको दिन तपाइको मन उदार रहनेछ, बायु सम्बन्धी समस्याले सताउन सक्ला, खानपिनमा विशेष ध्यान दिनुहोला, धार्मिक तथा सामाजिक कार्यमा सहभागी भइएला ।

कुम्भ राशी : आजको दिन नयानया अबसरहरु प्राप्त हुनेछन, सरकारी पक्षबाट सहयोग प्राप्त होला, तपाइको बिध्वताको सबैतिर कृति फैलिनेछ, धन तथा प्रतिष्ठा प्राप्ति होला।

मीन राशी : अनेक अबसरहरु प्राप्त हुनेछन, भाईबन्धु तथा मित्रहरुबाट सुख होला, गाडी तथा मोटरबाट लाभ होला, महत्वपुर्ण मांगलिक कार्यहरु सम्पन्न होलान ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org