ताजा समाचार

भारतीय विदेश मन्त्री जयशंकर र राजदुत शर्माबीच भेटवार्ता

काठमाडाैँ । भारतका लागी  नेपाली राजदुत शंकर शर्माले भारतीय विदेश मन्त्री एस जयशंकरसंग भेटवार्ता गरेका छन ।

विदेशमन्त्री जयशंकरको कार्यकक्षमा विहीबार भइको भेटवार्ताबारे राजदुत शर्माले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण अर्को साता हुँदै छ। भारत भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गर्ने तयारी छ।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे छलफल गर्न राजदूत शर्माले विदेश मन्त्री जयशंकरसँग भेट गरेको देखिन्छ।

भेटमा दुबै जनाले आगामी दिनमा नेपाल भारत सम्बन्धलाई झन् गहिरो र मजबुद् बनाउने इच्छा र प्रतिवद्धता व्यक्त गरेको राजदूत शर्माले उल्लेख गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org