ताजा समाचार

नक्कली शरणार्थी प्रकरण : फरार एक अभियुक्त पक्राउ

काठमाडाैँ । नक्कली शरणार्थी प्रकरणमा फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकरणमा फरार अभियुक्तमध्ये एक लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउगरी शुक्रवार जिल्ला अदालत काठमाडौँमा  उपस्थित गराएको हो । उनको साथमा अन्दाजी चार/पाँच महिनाको बच्चासमेत छन् ।

उनीसहित फरार १४ र पक्राउ परेका १६ जनामाथि सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको थियो ।

उनीहरूको आजदेखि अदालतमा बयान लिन शुरू भएको छ । आज दुई जनाको बयान लिइँदै छ । प्रकरणको बयान र थुनछेकमै कम्तीमा दुई साता लाग्ने बताइएको छ ।

प्रकरणमा जोडिएका पूर्वउपप्रधान र पूर्वगृहमन्त्रीसहित १६ जनालाई पक्राउ गरेको छ । अब १३ जना फरार छन् ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ३० जनाविरूद्ध बुधवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org