ताजा समाचार

साढे तीन किलो चरेससहित बैंकक उड्न लागेका तेम्बा पक्राउ

काठमाडौं । साढे तीन किलो चरेससहित बैंकक जान लागेका एक जना पक्राउ परेका छन्।

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक जान लागेका सिन्धुपाल्चोकका तेम्बा शेर्पा पक्राउ परेका हुन्।

चेकजाँचका क्रममा शेर्पालाई तीन किलो ६ सय ग्राम चरेससहित पक्राउ परेको लागुऔषध नियन्त्रण व्युरोका प्रवक्ता चक्रराज जोशीले जानकारी दिए।

‘बैंकक जान लागेका सिन्धुपाल्चोकका तेम्बालाई चरेससहित पक्राउ गरेका छौं। थप अनुसन्धान हुँदैछ,’ उनले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org